आर्सनलमाथि लिभरपुलकाे शानदार जित, फिरमिनोकाे ह्याट्रिक

 पुष १५, २०७५ आइतबार ७:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलमाथि ५–१ को जित निकाल्दै लिभरपुलले प्रिमियर लिग तालिकामा ९ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टो फिरमिनो ह्याट्रिक गरे भने साडियो माने र मोहम्मद सलाहले एक–एक गोल गरे । 

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा एन्स्ले मेइटल्याण्ड नाइल्सले खेलको एघारौं मिनेटमा नै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर सो अग्रता तीन मिनेटभन्दा बढी टिकेन ।

१४औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।  त्यसको ९० सेकेण्ड वित्न नपाउँदै फिरमिन्होले अर्को गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यस पटक उनले एक्लो प्रयासमा उत्कृष्ट गोल गरेका थिए ।

३२औं मिनेटमा मोहम्मद सलाहको पासमा साडियो मानेले गोल गरेपछि लिभरपुलले ३–१ को अग्रता लियो । 


पहिलो हाफको इन्ज्युरी समयमा लिभरपुलले पेनाल्टी पायो । ग्रानिट जाकाले मोहम्द सलाहलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे । र, लिभरपुलले पहिलो हाफमा ४–१ को अग्रता लियो ।

दोस्रो हाफको सुरुमै लिभरपुलको दुईवटा राम्रो मौकामा आर्सनलका गोलकिपर बर्नड लेनो बाधक बने । लेनोले ४७औं मिनेटमा मानेको र ४८औं मिनेटमा सलाहको प्रयास विफल बनाए । 

६५औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । यो पेनाल्टीलाई भने रोबर्टो फिरमिनोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरे । बाँकी समयमा थप गोल हुन सकेन र लिभरपुलले आर्सनलमाथि शानदार जित निकाल्दै लिग तालिकामा बलियो स्थितीमा कायम बन्यो ।

जितसँगै लिभरपुलले ५४ अंक बनाएको छ । दोस्रो स्थानको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले पराजित भएपछि लिभरपुलको अग्रता ९ अंकमा लम्बिएको हो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया