कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
तेह्रथुम – प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोेले दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको विकासकालागि प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उहाँले झरनाको पर्यटन प्रवर्द्धनकालागि विस्तृत योजना बनेपछि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउनुभयो ।
उहाँले शनिबार झरनाको प्रत्यक्ष अवलोकन गर्दै दक्षिण एसियाकै अग्लो आकर्षक झरना प्रदेशकै गहना भएको बताउनुभयो । उहाँले झरनासम्म सडक, विद्युतलगायत आधारभुत पुर्वाधार विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउनु जरुरी रहेको बताउनुभयो ।
जिल्लाकाे सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र फेदाप गाउँपालिकाका जनप्रतिनिधि सहित झरनामा पुग्नुभएका मन्त्री आङबोलाई स्थानीयबासीहरुले स्वागत गरेका थिए । झरनाको अवलोकनपछि सम्दु माध्यमिक विद्यालयमा विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नवीन चोङवाङले झरनाको विकाससँगै आसपासका बासिन्दाको जीवनस्तर समेत उकास्न सहयोग पुग्ने गरी होमस्टे विकास गर्नुपर्नेलगायतका मागहरु राख्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद तेजमान कन्दंङवा र लक्ष्मण तिवारी, गाउँपलिकाका अध्यक्ष हरिप्रसाद चोङबाङ, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगायतले मन्तव्य राख्नुभयो । ३ सय ६५ मिटर अग्लो ह्यात्रुंग झरनाको विकासका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले २८ लाख रुपैयाँ विनियोजन गरेको छ । झरनालाई बाह्रै महिना पर्यटक आगमन बढाउन प्रयत्न भइरहेको गाउँपालिकाका अध्यक्ष चोङबाङले बताउनुभयो ।
झरनासम्म यसअघि नै सडकको ट्रयाक ओपन भए पनि व्यवस्थित भएको छैन । मन्त्री आङ्बोले सडकलाई व्यवस्थित गर्न निर्देशनसमेत दिनुभएको छ । झरनाको नजिकैबाट मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । जसकारण पनि झरनाको पर्यटन प्रवर्द्धनमा सहयोगमा पुग्ने स्थानीयबासीको बुझाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।