नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
मोरङ – पाँचौ साफ महिला फुटबल च्याम्पियनसीप आयोजनाका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ ।
विराटनगरमा भएको सम्झौतामा फागुन २८ गतेदेखि सुरु प्रतियोगिताका लागि महानगरले रंगशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ । महानगरका मेयर भीम पराजुलीले साफको आयोजना गर्न पाउनु नै विराटनगरका लागि अवसर भएको बताउनुभयो ।
खेलको माध्यमबाट प्रदेश एकका विभिन्न पर्यटकीय क्षेत्रलाईसमेत टेवा पुग्ने बताउँदै उहाँले पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा कुनै कमीकमजोरी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्झौताका क्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्तर्राष्ट्रियस्तरबाट ३ सय बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने उल्लेख गर्नुभयो । विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशका पयर्टकलाईसमेत आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
सम्झौता अनुसार महानगरले प्रतियोगिता सुरु हुनु १५ दिन अगाडि नै संरचनाहरु निर्माण गरी एन्फालाई हस्तान्तरण गर्नेछ । त्यसैगरी, एन्फाले साफमा सहभागि राष्ट्रका प्रतिनीधि, खेलाडीलाई आमन्त्रण तथा ब्यवस्थापन गर्नेछ ।
प्रतियोगिताका लागि गृहमन्त्रालयसँग समन्वय गर्दै शान्ति सुरक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्ने छ । साफ आयोजनाका क्रममा भएका आम्दानी तथा खर्चहरुसमेत महानगरलाई जानकारी गराउने सम्झौता पत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।