नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ । प्रशिक्षक फेरेपछिका तीन खेलमा युनाइटेडले विपक्षीविरुद्ध १२ गोल गरिसकेको छ । आइतबार राति एएफसी बर्नमाउथलाई ४–१ ले हराएको हो ।
म्यानचेस्टर युनाइटेडका लागि पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले एक–एक गोल गरे । बर्नमाउथका नाथन आकेले एक गोल फर्काएका थिए । बर्नमाउथमाथि सुरुदेखि हाबी भएको म्यान्यूले पौल पोग्बाले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
त्यसैगरी ३३ औं मिनेटमा उनै पोग्बाले गोल गर्दै अग्रता दोब्बर पारे । मार्कस रासफोर्डले ४५ औं मिनेटमा म्यान्यूका लागि तेस्रो गोल गरेका थिए । तीन गोलले पछि परेको बर्नमाउथले पहिलो हाफको अतिरिक्त समयमा एक गोल फर्काएको थियो । जसमा नाथन एकेले गोल फर्काउन सफल भए ।
पहिलो हाफमा ३–१ को अग्रता लिएको म्यान्यूलो चौथो गोल भने ७२औं मिनेटमा गरेको थियो । रोमेलो लुकाकुले गोल गरेका थिए । ७९औं मिनेटमा म्यान्यूका इरिक बेली रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि अन्तिम १५ मिनेट म्यान्यू १० खेलाडीमा सिमित भएको थियो ।
तर त्यसको फाइदा भने बर्नमाउथले लिन सकेन । जितसँगै म्यान्यू तालिकाको छैटौं स्थानमा रहेको छ । २० औं चरणको खेल सकिँदा लिभरपुल अपराजित रहँदै ५४ अंकका साथ शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी ४७ अंकका साथ दोस्रो स्थानमा रहँदा टोटनह्याम ४५ अंकका साथ तेस्रो र ४३ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।