नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत १२ औँ चरणको पहिलो खेलमा मच्छिन्द्र र एनआरटीबीचको खेलले रेकर्ड राखेको छ । एनआरटी र मच्छिन्द्रले पाँच–पाँच गोलको बराबरीमा अंक बाँडे ।
खेलको तेस्रो मिनेटमा विवेक पण्डितको क्रसमा भास्साडिया डियामान्डेले मच्छिन्द्रलाई अग्रता दिलाए । त्यो अग्रता पाँच मिनेटभन्दा बढी कायम रहेन । आठौं मिनेटमा गोलकिपर दिप कार्कीको गम्भीर गल्तीमा शहीद बेंगाले आत्मघाती गोल गरेपछि खेल बराबरी बराबरीमा पुग्यो ।
नवौँ मिनेटमा खामिर ग्लिसान कांदाङ्वाको क्रसमा विशाल राईले गोल गर्दै मछिन्द्रलाई पुनः अग्रता दिलाए । २७औँ मिनेटमा रुजित पुडासैनीको पासमा खामिर ग्लिसान कांदाङ्वाको सट टप बारमा लागेर गोल हुँदा मच्छिन्द्र ३–१ ले अघि रह्यो । २९औँ मिनेटमा अनिल गुरुङले गोल गरे र मच्छिन्द्रले ४–१ को अग्रता लियो ।
३२औँ मिनेटमा सुशील लामाको क्रसमा अशोक थापाको हडेर गोलमा परिणत भएपछि एनआरटीले मच्छिन्द्रको अग्रता ४–२ मा छोट्यायो । ३४औँ मिनेट अशोक थापाले व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटी एक गोलले मात्र पछि थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा एनआरटीले पेनाल्टी पायो । मच्छिन्द्रका गोलकिपर दिप कार्कीले कवासी जिनलाई डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सुशील लामाले गोल गरेपछि पहिलो हाफ ४–४ गोलको बराबरीमा सकियो ।
६३औँ मिनेटमा उत्तम गुरुङ्को फ्रिकिकमा विशाल राईले हेडर गोल गरेपछि मच्छिन्द्रले फेरि अग्रता लियो । तर, ८५औँ मिनेटमा मसुद अक्बोलाको पासमा कवासी जिनको गोलका कारण फेरि खेल बराबरीमा पुग्यो । बाँकी समयमा गोल हुन नसक्दा हाइस्कोरिङ म्याचमा दुवै टिमले एक–एक अंक बाँडे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।