राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
काठमाडौं - नेपालले हिमचितुवा संरक्षणको जिम्मा स्थानीय समुदाय र युवालाई दिन प्रस्ताव गरेको छ ।
किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरण मन्त्रीको बैठकलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्तिवहादुर बस्नेतले स्थानीयवासिन्दाको सहभागिता बिना हिमचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभएको हो ।
उहाँले हिमचितुवा संरक्षणमा स्थानीय युवाको सहभागितालाई नेपालले प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो । उहाँले एक वर्षअघि काठमाडौंमा बसेको बैठकले गरेको निर्णय अनुसार हिमचितुवा संरक्षण र अध्यययन/अनुसन्धानको कामलाई कार्यान्वयनको सिलसिलामा कञ्चनजंगा संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापनाको काम भइरहेको तथा अन्नपूर्ण र शे–फोक्सुण्डो क्षेत्रमा त्यस्तै प्रकारका अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको जानकारी पनि गराउनुभएको छ ।
मन्त्री बस्नेतले हिमचितुवा संरक्षणको काम जडिबुटी तथा पर्यापर्यटन जस्ता कार्यक्रमसँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो । त्यसका लागि स्थानीय समुदाय र निजि क्षेत्रका अतिरिक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्था समेतसँग सहकार्य गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपालको कञ्जनजंघा संरक्षण क्षेत्रदेखि अपिनप्पासम्म झण्डै पाँच सय हिमचितुवा रहेको अनुमान छ । बिहीबारदेखि दुई दिनसम्म चलेको बैठकले जारी गरेको घोषणापत्रमा विश्वभर रहेका हिम चितुवाको संख्या गणनाका लागि सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गरिने उल्लेख छ ।
त्यसका लागि सबै सदस्य मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गरिने बताइएको छ । यस्तै घोषणापत्रमा हिम चितुवा तथा ठूला बिराला प्रजातिको अवैध निकासी पैठारी, तिनीहरुको शिकार तथा तिनका अंगहरुको अवैध व्यापार, बजारको अवैध माग तथा वन्यजन्तुविरुद्धका सबै खाले गतिविधि समेत कडाइका साथ रोक्ने बैठकले निर्णय गरेको छ ।
घोषणापत्रमा हिमचितुवाको गैरकानूनी ओसारपार र शिकारबारे सूचना आदान/प्रदानका लागि मिलेर काम गर्ने पनि उल्लेख गरिएको छ । बैठकमा हिमचितुवा पाइने देशहरु नेपालसहित भारत, चीन, रुस, अफगानिस्तान, भुटान, काजकिस्तान, किर्गिस्तान, मगोंलिया, पाकिस्तान, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।