प्रधानन्यायाधीश राणाले गरे पदभार ग्रहण

 पुष १८, २०७५ बुधबार १४:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदभार ग्रहण गर्नु भएको छ ।

बुधबार बिहान राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएका नवनियुक्त प्रधानन्यायाधीश जबराले दिउँसो सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले संचारकर्मीमाझ न्यायमा आम नागरिकको सहज पहुँच पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायालयप्रति आम नागरिकको आस्था र विश्वास अभिवृद्धि गर्न संचारकर्मीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने संकल्प पनि गर्नुभयो । उहाँले प्रमाणको आधारमा न्याय दिन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

संसदीय सुनुवाई विशेष समितिबाट मंगलबार अनुमोदन हुनु भएका नवनियुक्त प्रधानन्यायाधीश जबराले बुधबार पदभार समेत ग्रहण गर्नु भएको हो । चार वर्षे कार्यकालका लागि प्रधानन्यायाधीशमा नियुक्त हुनु भएका उहाँलाई पदभार ग्रहण गर्नेक्रममा सर्वोच्च अदालतका न्यायाधिश तथा कर्मचारीहरुले सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरेका थिए । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया