आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएका कारण शून्य अङ्क दिइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने बताउनुभयो ।
मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरूलाई नटेर्ने भएका कारण पटक–पटक स्पष्टीकरण सोधिएको बताउनुभयो । यस्तै नेपालमा लोडशेडिङ हटाउन भारतबाट ४ सय ५० मेगावाट बिजुली ल्याएको भन्दै लोडशेडिङ हटाउने श्रेय भारतलाई जाने उहाँकाे भनाइ छ ।
यसैबीच हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘तपाईंलाई पदबाट किन नहटाउने’ भनेर घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि घिसिङले मन्त्रालयसँग आफूलाई स्पष्टीकरण सोध्ने कानूनी हैसियत नभएको जवाफ दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।