आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तरता दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएकोमा महानगरपालिकाले अस्वीकार गरेको हो ।
गुरागाईंले काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा पत्र लेखेपछि मन्त्रालयले हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाण्डाै महानगरमा पत्राचार भएको थियो । तर महानगरले मन्त्रालयको पत्रको जवाफ लेख्दै अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न माग गरेको छ ।
सम्बन्धित समाचार
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा परियोजनाहरूमा नकारात्मक प्रभावका साथै कानूनी झन्झट हुने महानगरको पत्रमा उल्लेख छ । काठमाण्डाै महानगरपालिकाले आधिकारिक प्रकिया पूरा नगरी नक्शा पास गरेको भन्दै छानबिनअघि बढाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा बस्न भनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।