सांगितिक कार्यक्रमले हरेक दिन झुम्छ ठोरी

 पुष १८, २०७५ बुधबार १८:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - कृषि र पर्यटनमा आत्मनिर्भर बनाउनेभन्दै पर्साको ठोरीमा जारी महोत्वसमा आजसम्म २ करोडभन्दा बढीको कारोबार भएको छ ।

गएकाे १३ गतेदेखि सुरु भएको महोत्वसमा छैटौँ दिनसम्ममा २ करोडभन्दा बढीको कारोबार भएको आयोजक कपुरपोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो ।  

महोत्सवमा सबैभन्दा बढी भारतीय पर्यटकहरु अवलोकनका लागि आएको उहाँले बताउनुभयो । अग्रेजी नयाँ वर्षका दिन मंगलबार सबैभन्दा बढीले महोत्सव अवलोकन गरेका थिए ।   

२३ गतेसम्म चल्ने महोत्वसमा आजसम्ममा झण्डै ७० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको अध्यक्ष देउजाले जानकारी दिनुभयो ।

महोत्वस अवलोकनका लागि छिमेकी देश भारतको बेतिया, नरकटियागन्ज, रामनगर, मोतिहारी, दिल्ली, बेँग्लोरलगायतका शहरहरुबाट पनि पर्यटक आएको स्थानीय संचारकर्मी प्रेम लामाले बताउनुभयो । 

महोत्सव अवलोकन गर्न आउने भारतीय पर्यटकहरुले महोत्सवसँगै ठोरीको सेतो पहाड, राइधारा तथा गोलेडाँडामा रहेको भ्यू टावरबाट ठोरीको दृश्यावलोकन गर्ने गरेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा सबैभन्दा बढी कृषिजन्य उत्पादन तथा हस्तकलाका सामाग्री बिक्री भएको छ । महोत्सवमा कपडा, चप्पल जुत्ता, इलेक्ट्रीक सामान, कृषि जन्य उत्पादनका सामग्री तथा हस्तकलाका सामाग्रीसहित स्थानीय खानाका परिकारहरु गरी एक सय ५० वटा स्टल रहेको छ ।  

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतिले ठाेरी हरेकदिन झुम्ने गरेको छ । 


    


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया