मिनिट्रक दुर्घटनामा एकजनाको मृत्यु, चारजना घाइते

 पुस १८, २०७५ बुधबार १९:१७:९ | उज्यालो सहकर्मी

धादिङ - धादिङको काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मिनिट्रक दुर्घटना हुँदा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

बा.४ ख ८६५८ नम्बरको मिनिट्रक दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका वडा नं-१ का ५५ वर्षीय रिम्के परयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिनुभयो । 

दुर्घटनामा चारै जना घाइतेकोे जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया