अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएको सहमतिका केही बुँदामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले असहमति जनाएका छन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका बाहिर १० वर्षसम्म मेडिकल कलेज स्थापना गर्न नसकिने आशयको बुँदा रहेको उल्लेख गर्दै असहमति जनाउनु भएको हो ।
सांसद भट्टराईले त्यो बुँदामा असहमति जनाएपछि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी प्रतिवेदनलाई बुधबार पनि अन्तिम रुप दिन सकेन ।
काठमाडौं उपत्यका बाहिर १० वर्षसम्म पनि मेडिकल कलेज खोल्ने अवस्था नरहने गरी वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिमा पुनर्विचार गर्नुपर्ने अडानमा सत्तारुढ दलका सांसद भट्टराई रहेपछि त्यो विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिन बसेको उपसमितिको बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रेसका सांसद गगन थापाले भने वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति पूर्ण पालना गर्ने प्रतिवद्धता सरकारले गरेको उल्लेख गर्दै सोही अनुसार अघि बढनुपर्ने धारणा राख्नु भएको थियो । उहाँले त्यो सहमतिलाई मानेर अघि बढ्दा सरकारलाई केही अप्ठयारो भएपछि विचार गरेर जान सकिने धारणा पनि राख्नुभयो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने उपसमितिलाई त्योे विधेयकमा उठेका प्रश्नको हल गरेर अघि बढन आग्रह गर्नु भएको थियो । उहाँले वरिष्ठ चिकित्सक केसीको सहमति अनुसार नै काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने विषयमा सहमति जुटाउँदा उपयुक्त हुने धारणा पनि उपसमिति बैठकमा राख्नु भएको थियो ।
शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा विधेयकमा आवश्यक अध्ययन गरी प्रतिवेदन तयार पार्न समितिका सदस्य भैरवबहादुर सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
उपसमितिको बैठकमा सत्तारुढ दलका सांसद भट्टराईले काठमाडौं उपत्यका बाहिर १० वर्षसम्म पनि मेडिकल कलेज खोल्न नपाउने खालको सहमति पनि वरिष्ठ चिकित्सक केसीसँगको सहमतिमा रहेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्नुपर्ने प्रस्ताव अघि सारेपछि प्रतिवेदन तयार पार्ने काममा ढिलाई भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।