अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यलाई सबल बनाउने र नागरिकलाई सुखी बनाउने गरी कामहरु अघि बढाइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यलाई सबल बनाउने र नागरिकलाई सुखी बनाउनेभन्दा अरु कुनै स्वार्थमा नलागेको प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सरकारप्रति आफूले अनौठो व्यवहारको अनुभूति गरिरहेको पनि बताउनुभयो ।
‘पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरिरहेको छु । सरकार के गर्दै छ पत्तो भएन भनेर प्रश्न उठाइयो । के गर्दै छ भनेर जवाफ दिन्छु । अनि प्रति प्रश्न आउँछ प्रम किन बोलेको ? बोल्न नहुने रहेछ क्यार भनेर फेरि चुप लाग्छु, अनि फेरि प्रश्न आउँछ खै जवाफ दिएको ? केही गर्न खोजिन्छ, सोधिन्छ त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने कुरै भयो ।’
प्रधानमन्त्री ओलीले आफूलाई कुनै तर्क र बहसमा रुची नरहेको पनि बताउनुभयो ।
‘मलाई कुनै तर्क र बहसमा रुची छैन । गर्नु पनि छैन’, उहाँले भन्नुभयो, ‘गर्नु छ त मुलुकको विकास, अब पनि यो देशको विकास नहुने हो भने कहिले गर्ने । हामीले पनि नगर्ने भए कसले गर्ने ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।