निर्मलालाई न्याय सडकमा पोखिने अराजक भिडले होइन, यही सरकारले छिट्टै दिन्छ : प्रधानमन्त्री ओली

 पुष २२, २०७५ आइतबार १४:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई छिट्टै न्याय दिने बताउनु भएको छ ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने बताउनुभयो । 

अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने नभई सरकारले दिने बताउनुभयो । 

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने दिने होइन । सरकारले दिन्छ ।’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु । ढुक्क भए हुन्छ । हामी त्यो काम पूरा गर्नेछौँ ।’ 

अपराध अनुसन्धानका मामिलामा प्रहरीले ९६ प्रतिशत मुद्धामा सफलता पाएको उल्लेख गर्दै उहाँले केही घटना मात्रै अपवादको रुपमा रहेको बताउनुभयो ।

अपवादका घटना पनि टुंगोमा पुर्याउने गरी काम भइरहेको भन्दै ओलीले त्यही अपवादलाई आम घटनाको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास गरेको प्रति आफूलाई दुःख लागेको उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया