एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा झा र खनाल दोषी ठहर
फागुन २३, २०८१ शुक्रबार
भोजपुर – इलाका प्रशासन कार्यालय दिङ्गलाले राहदानी (पासपोर्ट) को सम्पूर्ण सेवा दिन थालेको छ ।
प्रशासनले पुस १६ गतेबाट राहदानीको फर्म संकलन गर्न थालेको इलाका प्रशासन कार्यालय दिङ्गलाका प्रमुख विजय राईले बताउनुभयो । यसअघि राहदानी लिनेदिने सेवा जिल्ला प्रशासन कार्यालय भोजपुरबाट मात्र हुँदै आएकोमा थियो । फर्म भरेको १ महिनादेखि ३५ दिनसम्ममा सेवाग्राहीले इलाका प्रशासन कार्यालयबाट राहदानी पाउने प्रमुख राईले बताउनुभयो ।
द्रुत सेवाको लागि भने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा प्रक्रिया पुर्याएर पराष्ट्र मन्त्रालयको राहदानी विभागमा जाँदा १ दिनमै राहदानी पाइने छ । त्यस्तै दु्रत सेवावाट राहदानीको लागि १ दिनमा लिन १५ हजार, २ दिनमा लिन १२ हजार र ३ दिनभित्र लिनको लागि १० हजार शुल्क लाग्नेछ ।
राहदानी हराएर वा च्यातिए, बिग्रिएर प्रतिलिपि लिनुपरेमा थप ५ हजार लाग्ने प्रमुख राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।