तस्करी गरिएकाे सवा तीन करोड रुपैयाँ बराबरको सामान बरामद

 पुष २२, २०७५ आइतबार १७:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - वीरगंज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले चालु आर्थिक वर्षको पाँच महिनामा तस्करी हुँदै भित्र्याउन लागिएका झण्डै ३ करोड रुपैयाँभन्दा बढी मूल्यकाे  सामान बरामद गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा भन्सार सुरक्षार्थ खटेको शसस्त्र प्रहरीले ३ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

सीमावर्ती भारतीय बजार रक्सौलबाट विभिन्न माध्यम हुँदै राजश्व छलेर भित्र्याउन लागिएको खाद्यान्न, लत्ताकपडा, मोटरपार्टस्, इलेक्ट्रोनिक्स सामानहरु बरामद भएको भन्सार सुरक्षार्थ खटिएको शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक तिलक खड्काले बताउनुभयो । 

बरामद गरिएको सामानहरु भन्सारमा बुझाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । सीमावर्ती भारतीय बजार रक्सौल हुँदै दिनहुँ रुपमा लाखौँको तस्करी हुने गरेको यो तथ्यांकले देखाएको छ ।

तस्करी रोक्न आफूहरुले विभिन्न तरिका अपनाएको बताउँदै खड्काले चेकिङ र गस्तिलाई झनै सकृय बनाएको जानकारी दिनुभयो । लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न र यसमा संलग्नलाई पक्राउ गर्न आफ्नो टोलीले सकृयता देखाएर काम गरिरहेको पनि खड्काले बताउनुभयो । 

सीमावर्ती रक्सौल बजारबाट सहजै रुपमा लागुऔषध खरिद गरेर वीरगंज नाकाहुँदै ठूलो मात्रामा भित्र्याउने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभएको हो । 

‘भन्सार राजश्व छल्न खोज्ने र अवैध बस्तु भित्र्याउन खोज्नेलाई समातेर कारबाहीको प्रकृया अगाडि बढाएका छौँ,’ खड्काले भन्नुभयो, ‘हाम्रो सकृयताले नै भन्सार छलेर भित्रिएका झण्डै सवा तीन करोड मूल्यका सामान बरामद भएको हो ।’
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया