अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – कोशी कटान पीडितहरले तीन पुस्तासम्म पनि आफूहरुले मुआब्जा नपाएको गुनासो गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा कोशी कटान सरोकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पीडितहरुले यस्तो गुनासो गरेका हुन् । समाजका अध्यक्ष डम्बरप्रसाद चौधरीले नेपाल–भारतबीचमा २०११ साल वैशाख १२ गते भएको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । ‘हामीले तीन पुस्तासम्म पनि कोशी कटानको क्षतिपूर्ति पाएका छैनौं’, उहाँले भन्नुभयो ।
तत्कालीन राष्ट्र प्रमुख स्व.राजा महेन्द्र शाह र भारतका तत्कालीन प्रधानमन्त्री जवहरलाल नेहरुको उपस्थितिमा कोशी सम्झौता भएको थियो । चौधरीले सप्तकोशी ब्यारेज निर्माणका क्रममा सुनसरीको चतरा, उदयपुरको कमलाबारीदेखि सप्तरीको रम्पुरा, मल्हनिया कुनौलीसम्मको गोवरगाडालगायतका क्षेत्रमा आवादी जग्गा डुबानमा पर्ने गरेको जानकारी दिनुभयो ।
‘बर्खामा भारतले ब्यारेज थुनिदिन्छ, हिउँदमा सुख्खा पारिदिन्छ, अन्नबाली नष्ट हुन्छ’, चौधरीले भन्नुभयो, ‘त्यसको कुनै क्षतिको लेखाजोखा नहुँदा हामीहरु यहाँसम्म आएका हौं ।’
कोशी कटान सरोकार समाजका सदस्य डा. भोगेन्द्रप्रसाद चौधरीले तीन पुस्तासम्म पनि कोशी कटान पीडिहरुले क्षतिपूर्ति नपाउनु नेपाल सरकारको मुख्य कमजोरी रहेको बताउनुभयो ।
‘हाम्रो बुवाले पाएनन, मैले पाईंन, छोराले पनि पाउने अवस्था छैन्’, उहाँले भन्नुभयो, ‘१२ हजार घरपरिवारलाई १ लाख ५ हजारका दरले वार्षिक ९० करोड रुपैयाँ भारत सरकारले कोशी कटान पीडितलाई प्रदान गर्नुपर्ने हो । तर अहिलेसम्म पनि कार्यान्वयन भएको छैन् । भारत सरकार मौन हुनु बिडम्बना हो । त्यसैमा हाम्रो सरकारले भारतलाई आफ्ना कुराहरु राख्न नसक्नुलाई के भन्ने ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।