सफाइ पेश गर्न कुलमानलाई उर्जा मन्त्रालयको पत्र
फागुन २३, २०८१ शुक्रबार
सल्यान – सल्यानमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
सल्यानकोे कालिमाटी गाउँपालिका–६, घारेघारीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिनुभएको छ । आइतबार बिहान झण्डै साढे १० बजेतिर घरमा आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पूर्ण रुपममा जलेर नष्ट भएको हो । मानवीय क्षति नभए पनि लाखौंको सम्पत्ति जलेर नष्ट भएको उहाँले जनाउनुभयो ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात र पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित ओमबहादुर खत्रीले गुनासो गर्नुभयो । स्थानीयको प्रयासमा आगो निभाइको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
घरमा आगलागी भएपछि पीडित दुई घर छिमेकीको घरमा आश्रय लिएर बसेको वडा अध्यक्ष पुलामीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।