अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राजीनामा दिने हल्ला सत्य नभएको मन्त्रालय तथा उहाँको सचिवालयले जनाएको छ ।
वाइडबडी खरिदमा संसदको लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई पनि दोषी देखाएपछि उहाँले सोमबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
त्यही पत्रकार सम्मेलनलाई आकस्मिक भन्दै केही सञ्चार माध्यमले मन्त्री अधिकारीले राजीनामा दिने खबर प्रकाशित गरेपछि मन्त्रालय र मन्त्री अधिकारीको सचिवालयले खण्डन गरेको छ । मन्त्रालय र मन्त्री अधिकारीको सचिवालयले ट्वीटमार्फत राजीनामाको हल्ला झुट भएको जनाएको छ ।
मन्त्रालयको आधिकारिक ह्याण्डलबाट गरिएको ट्वीटमा भनिएको छ, ‘पर्यटनमन्त्रीले राखे आकस्मिक पत्रकार सम्मेलन, राजीनामाको तयारी, समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख भएजस्तो कुनै पनि तयारी नभएको र मन्त्रालयको पूर्व योजना अनुसार विषय स्पष्टताका साथ पत्रकार सम्मेलन आयोजना गरेको जानकारी गराउछौँ ।’
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस गरेको थियो ।
विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा बनेको उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र अहिले राष्ट्रियसभाका सदस्यसमेत रहेका पूर्वमन्त्री जितेन्द्र नारायण देवलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समिति बैठकमा पेस गरेको हो ।
प्रतिवेदनमा पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राई, पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई पनि दोषी देखाइएको छ । यस्तै वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल निलम्बन गरेर कारबाही गर्न भनिएको छ ।
तर उपसमितिले बुझाएको प्रतिवेदनमा भने समितिमा मत बाझिएको छ । उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै सरकारले वाइडबडी जहाज खरिदमा भएको अनियमितताबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।