अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – २१ मेगावाट बिजुली उत्पादन गर्ने त्रिशुली जलविद्युत आयोजना नुवाकोटमा गएको असार २६ गते भीषण आगलागी भयो । मुसाले तार काटेका कारण विद्युत सर्ट भएर आगो लागेको आयोजनाले जनाएको थियो । त्यतिबेला आयोजनाका ४ वटा ब्रेकर जलेर नष्ट भएका थिए ।
असारमा लागेको आगोले पु¥याएको क्षति बाँकी नै रहँदा फेरि मंसिर ८ गते आगलागी भयो । दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भए ।
फेरि पुस १८ गते त्रिशुली जलविद्युत आयोजनामा आगलागी भयो । ६ दशमलव ६ केभीको जेनेरेटर बक्समा आगलागी हुँदा तीन दिन त विद्युत उत्पादन ठप्प भयो । पटक–पटक आगलागी हुँदा आयोजनाले सामग्री किन्न लाखौं रकम खर्च गरिरहेको छ भने विद्युत उत्पादन बन्द हुँदा पनि लाखौं रुपैयाँ बराबरको घाटा भएको छ ।
त्रिशुली जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न थालेको ५१ वर्ष पुगेको छ । यो आयोजनाका सबैजसो सामग्री फेर्ने बेला भैसकेको छ । तर सामग्री फेरबदल गर्न नसक्दा पटक पटक आगलागीको समस्या भोग्नुपरेको आयोजना प्रमुख तारा भट्टले जानकारी दिनुभयो ।
‘आयोजना सञ्चालन भएको ५१ वर्ष भैसक्यो, हामीले यसका धेरै पाटपुर्जा फेर्नुपर्ने हो, तर त्यो भएको छैन, आयोजनाका प्रमुख तारा भट्टले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘आयोजना नै बन्द गरेर फेर्नलाई समस्या छ्, पाटपुर्जा नफेर्दा पटक पटक आगलागीको समस्या भोग्नुपरेको छ ।’
त्रिशुली आयोजना धेरै पुरानो भैसकेको र यसका धेरैजसो पाटपुर्जा किन्न पनि नपाइने आयोजनाले जनाएको छ ।
‘धेरैजसो पाटपुर्जा पुरै रिप्लेस गर्नुपर्ने देखिएको छ, त्यसको लागि खर्च पनि धेरै लाग्छ, र लामो समय आयोजना बन्द पनि गर्नुपर्ने देखिन्छ’ आयोजना प्रमुख भट्टले भन्नुभयो, ‘पुराना पाटपुर्जा पाउनै मुश्किल छ, त्यसैले नयाँ पाटपुर्जा हाल्नुपर्ने पनि हुन सक्छ ।’
त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । त्रिशुली आयोजनाबाट विद्युत बन्द हुँदा नुवाकोटसँगै रसुवा र धादिङका बासिन्द समेत मारमा पर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।