सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २२ जना घाइते

 पुष २३, २०७५ सोमबार ९:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ११, बाहुनेकुना सोमबार बिहान बस पल्टि“दा २२ जना घाइते भएका छन् ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । कालिकोट मानमा खर्चना गाउ“पालिका–२ बस्ने ५० वर्षीय  धर्मबहादुर शाही गम्भीर घाइते हुनुभएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रीत भई पल्टि“दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी  जनाएको छ  । 

दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ३४ जना यात्रु सवार रहेको बसमा १२ जना भने सकुशल रहेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया