नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
प्रिमियर लिग लिडर लिभरपुललाई दुई एक गोलअन्तरले हराउँदै उल्भरह्याम्प्टन इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले १७ वर्षीय मिडफिल्डर कर्टिस जोन्स र १८ वर्षीय राफायल कामाचोसमेतलाई समावेश गरी नियमित टोलीका ९ खेलाडी परिवर्तन गरेका थिए ।
छैटौं मिनेटमा डेजान लोभरेन चोटग्रस्त बनेपछि १६ वर्षीय नेदरल्याण्ड्सका डिफेण्डर की जाना होभरलाई पनि डेब्यू गराइएको थियो । जुन क्लब इतिहासमै तेस्रो कम उमेरको डेब्यू हो ।
लिभरपुलको अनुभवहीन रक्षापंक्तिले ३८ मिनेटसम्म उल्भ्सलाई उसकै मैदानमा रोक्न सफल भयो । तर, मिडफिल्डर जेम्स मिल्नरको गल्ती सदुपयोग गरी राउल जेमिनेजले गोल गरी पहिलो हाफमा घरेलु टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको छैटौं मिनेटमा पाहुना टोलीका लागि डिचभोक ओरिगीले बराबरी गोल फर्काएका थिए । लेन्डर डेन्कोन्करको पासमा गोलरक्षक जेन रुड्डीलाई बीट गरी उनले उत्कृष्ट गोल गरेका थिए ।
तर, ५५औं मिनेटमा रुविन नेभिसले उत्कृष्ट गोल गरे । उनले ३१ यार्ड टाढाबाट गरेको प्रहार लिभरपुलका गोल रक्षक सिमोन मिग्नोलेटले पत्तो पाउन सकेनन् ।
घरेलु टिमका लागि खतरनाक रहेको जदरान साकिरीको फ्रिकिक गोलरक्षक रुड्डीले रोके । लिभरपुलले त्यसयता डरलाग्दो आक्रमण बुन्न सकेन ।
एफए कपको पछिल्लो तीनमध्ये दुई सिजनमा लिभरपुल उल्भरह्याम्प्टनसँगै हारेर एफए कपबाट बाहिरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।