अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
भक्तपुरमा एटिएम मेिशिन लुट्न खोज्ने दुईजना युवालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते सूर्यविनायक नगरपालिका - ५, सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका बस्ने तिमाल गाउँपालिका, २ शर्सियुखर्क घर भएका ३९ वर्षीया रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका - ६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।
पुस १८ गते एटिम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निबेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी उनीहरुलार्य पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।