विदेशी नागरिकमाथि कडा निगरानी राखिने

 पुष २५, २०७५ बुधबार १६:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले विदेशी नागरिकमाथि कडा निगरानी राख्ने भएको छ ।

नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागमा महानिर्देशक इश्वरराज पौडेलले विदेशी नागरिहरुका अबाञ्छित गतिविधि नियन्त्रण गर्न उनीहरु बस्ने होटलमा समेत कडा निगरानी राख्न लागिएको जानकारी दिनुभयो ।

विभागले अबाञ्छित गतिविधिमा संलग्न ११ जना नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि जनाएको छ । महानिर्देशक पौडेलले ६ महिनायता नेपालमा चेलिबेटी बेचबिखन घटेको पनि जानकारी दिनुभयो ।

पौडेलले मानव तस्करी हुन नदिन नेपाल प्रहरीले छुट्टै ब्यूरो स्थापना गर्न लागेको उल्लेख गर्दै त्यससँग सहकार्य गरेर विभागले मानव तस्करी नियन्त्रणको कामलाई अझ प्रभावकारी बनाउने पनि बताउनुभयो ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई तीव्रता दिइएको पनि जनाएको छ । महानिर्देशक पौडेलले सरकारले विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने योजना अघि सारेकाले त्यसको स्तरोन्नतिको कामलाई विभागले तीव्रता दिएको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया