अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अहिले वन तथा वातावरण मन्त्रालयको सह–सचिवसमेत रहेका श्रेष्ठले पदको दुरुपयोग गर्दै गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
श्रेष्ठले आर्जन गरेको सम्पत्तिमध्ये १ करोड ३४ लाख रुपैयाँको स्रोत खुल्न नसकेकाले उनीमाथि मुद्धा दायर गरिएको अख्तियारका सहप्रवक्ता उपसचिव मदन कोइरालाले जानकारी दिनुभयो ।
सार्वजनिक पद धारण गरेको मितिदेखि अहिलेसम्म श्रेष्ठले आर्जन गरेको कमा ३ करोड ४४ लाख ७७ हजार मध्ये २ करोड १० लाख ७७ हजार रुपैयाँको मात्रै स्रोत खुलेकाले बाँकी भ्रष्टाचार गरेर आर्जन गरेको पाइएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ ।
श्रेष्ठले गैरकानुनी सम्पत्ति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको पाईएको पनि अख्तियारले जनाएको छ ।
गैरकानुनी रुपमा आर्जन गरिएको रकम जफत गर्न र सहसचिव श्रेष्ठलाई कारबाही गर्न अदालतमा मुद्धा दायर गरिएको सहप्रवक्ता कोइरालाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।