संस्था छनौट अपारदर्शी भएको भन्दै क्रिस्चियन एडविरुद्ध अख्तियारमा उजुरी

 पुष २५, २०७५ बुधबार १९:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ, पुस २५ –  जावलाखेलमा कार्यालय रहेकाे  क्रिस्चियन एड (केड) नेपाल नामक गैर सरकारी संस्थाले  खोटाङमा अपारदर्शी तरिकाले साझेदार संस्था छनौट गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

खोटाङमा सञ्चालनको तयारी गरिएको ‘रेजिलियन्ट लाइभ्लिहुड एण्ड मार्केट लिंकेज विद् इन्टिग्रेटेड अप्रोच अफ जेसी, डिजास्टर रिस्क रिडक्सन एण्ड क्लाइमेट चेञ्ज’ कार्यक्रमका लागि विधि र प्रकृया मिचेर साझेदार संस्था छनौट गरिएको भन्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा उजुरी परेको हो । 

क्रिस्चियन एडको सूचनामा प्रस्तावना–पत्र पेश गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको भए पनि त्यस समयपछि संस्था नवीकरण गरेको, सो म्यादभन्दा पछि राजस्व चुक्ता गरेको बालसेवालाई छनौट गरिएको भन्दै जनसेवा समाज नेपालका अध्यक्ष दानबहादुर राई र नवकिरण सेवा समाजका अध्यक्ष दिपबहादुर राईले अख्तियारमा उजुरी दिनुभएको हो ।

संस्था छनौट गर्ने क्रममा अपनाइएका विधि र प्रकृया अपारदर्शी, अवैधानिक र शंकास्पद देखिएकाले प्रचलित कानुन अनुसार आवश्यक छानबिन तथा थप कारबाही प्रकृयाका लागि उजुरी दिएको असन्तुष्ट संस्थाले जनाएका छन् । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया