अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा शीतलहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले तराईमा शीतलहरका कारण ज्यान नजाओस् भनेर सरकारले हिउँद सुरु हुनुअघि नै दाउरासहित न्यानो कपडा वितरणको उचित व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि नेपालीले भोकभोकै बस्नु नपर्ने पनि दोहोर्याउनुभयो ।
प्रधानमन्त्री ओलीले रोजगारीको अवसर सिर्जनाका लागि सरकारले देशका सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरेको, पछाडि परेका जिल्लाहरुको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अघि बढाइएको पनि स्मरण गराउनुभयो । सरकारले देशको समृद्धिका लागि उल्लेख्य कदम चालेको र त्यसको परिणाम आउनेक्रम सुरु भएको प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रधानमन्त्री ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
२ सय ९७ औँ पृथ्वी जयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको उल्लेख गर्दै त्यसलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । राष्ट्रको एकीकरण कुनै पनि कामभन्दा महान हुने र त्यो काम पृथ्वीनारायण शाहले गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधिन राष्ट्रको रुपमा रहेको ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।