माथिल्लो तामाकोशीको अप्ठेरो काम सक्न अर्को सम्झौता, आउँदो कात्तिकमै काम पूरा हुने

 पुष २६, २०७५ बिहीबार २०:३७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निक्कै अप्ठेरो मानिएको दोस्रो चरणको काम गर्न त्रिपक्षीय सम्झौता भएको छ ।

दोस्रो चरण अन्तर्गत हाइड्रोमेकानिकल काम गर्ने जिम्मा टेक्समाको कम्पनीले लिएको थियो, तर त्यो कम्पनीको काम चित्तबुझ्दो नभएको भन्दै तेस्रो चरणको काम गरिरहेको एन्ड्रिज हाइड्रो कम्पनीलाई दिइएको छ । दोस्रो चरणको काम गरिरहेको टेक्समको, तेस्रो चरणको काम गरिरहेको एन्ड्रिज हाइड्रो र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबीच सहमतिमा हस्ताक्षर भएको छ । 

टेक्समाकोसँगै अब दोस्रो चरणको काम एन्ड्रिज हाइड्रोले पनि गर्नेछ । दोस्रो चरणमा अप्ठेरो मानिएका तल्लो पेनस्टक, बाइफर्केसन, वितरणलगायतका काममा ढिलाइ भएपछि तेस्रो चरणको काम गरिरहेको कम्पनीले पनि दोस्रो चरणको काम गर्ने सहमति भएको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

काम सुस्त भएको दोस्रो चरणको काम अर्को कम्पनीले गर्ने सहमतिपछि आयोजनाको काम आउँदो कात्तिकमै सकिने सम्भावना झनै बढेको पनि प्रमुख श्रेष्ठले बताउनुभयो । ४ सय ५६ मेगावाट क्षमताको आयोजना यसै वर्षको पुसमा सकिने योजना रहे पनि  केही कम्पनीले काममा ढिलाइ गर्दा उत्पादन आउँदो वर्षको कात्तिकमा मात्रै हुने आयोजनाले जनाएको छ । 

सुरुमा आयोजनाको लागत ३५ अर्ब तोकिएको थियो । तर निर्माणमा ढिलाइ, डलरको भाउ बढ्नु, भूकम्प र त्यसपछिको बाढीले आयोजनामा पुर्‍याएको क्षति लगायतका कारणले आयोजनाको लागत ७० अर्ब पुग्ने अनुमान गरिएको छ । 


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया