अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
छत्रदेव गाउँपालिका–७ देउरालिमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । दुर्घटनामा भूमिकास्थान नगरपालिका–५ बस्ने फूर्सीदेवी बमरेलको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा जीप चालक कृष्ण थापा क्षेत्रीसहित चारजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
लु १ ज १७६८ नम्बरको जीप सन्धिखर्कबाट तम्घासका जाँदै गर्दा छत्रदेवको देउरालीमा दुर्घटना भएको जीपमा सवार यात्रु गिता पन्थीले बताउनुभयो । घाइते २ जानालाई थप उपचारको लागि पाल्पा लगिएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा छत्रदेव गाउँपालिका–४ की सरिता पाण्डे, चालक दरबारदेवीस्थान गाउँपालिका–३ गुल्मी बस्ने कृष्ण थापा क्षेत्री, रेसुङ्गा नगरपालिका–७ बस्ने गीता पन्थी र सन्धिखर्क नगरपालिका–१२ बस्ने सिमकला कुँवर रहेको यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिनुभयो ।
यस्तै, छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भै पल्टेको थियो । दुर्घटनाबाट प्युठानको मालदेवी गाउँपालिका–२ का २३ वर्षीय भरत पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार भएको दुर्घटनामा घाइते भएका पौडेललाई उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई विष्णु खनालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।