अष्ट्रेलियाविरुद्धकाे पहिलाे एक दिवसीय: भारतकाे फितलाे सुरुवात, ४ रनमा ३ विकेट

 पुस २८, २०७५ शनिबार १४:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा २८९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले फितलाे सुरुवात गरेकाे छ ।

भारतका सुरुवाती ब्याट्सम्यानहरु शिखर धवन र पहिलो ओभरमा तथा अम्बाती रायुडु तथा कप्तान विराट कोहली चौथो ओभरमा एकैपटक आउट भए ।
४ ओभर सकिँदासम्म भारतले महत्वपूर्ण ३ विकेट गुमाउँदै जम्मा ४ रनमात्र जोड्न सकेको थियो ।

त्यसमा रायुडु र धवनले खाता नै खोल्न सकेका थिएनन् भने कप्तान विराट कोहलीले व्यक्तिगत ३ रन जोडेका थिए ।

त्यसपछि क्रिजमा आएका महेन्द्रसिंह धोनीले राहित शर्मासँगको साझेदारी टिमको अंकतालिकालाई अलिक आशा लाग्ने तरिकाले उकास्ने प्रयास गरिरहेका छन् । 
२५ ओभरको खेल सकिँदासम्म भारतले ३ विकेटको क्षतिमा ९९ रन बनाउन सकेको छ जसमा उल्लेख्य योगदान रोहित शर्मा र धोनीको रहेको छ ।

यतिन्जेलसम्म रोहितले ६५ बलमा ५२ रन तथा धोनीले ७५ बलमा ३७ रनको योगदान दिएका छन् जितका लागि भने बाँकीको २५ ओभरमा १९० रन जोड्नुपर्ने आवश्यकता अनुसार खेललाई अगाडि बढाइरहेका छन् ।

 

याे पनि पढ्नुहाेस् 

बीसीसीआईकाे प्रतिबन्धपछि हार्दिक र राहुलसँग प्रायाेजकले पनि सम्झाैता ताेडे

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया