युएईमा दूतावासबाट एनआरएन कार्ड लिने २२ जना मात्रै

 बैशाख २६, २०७५ बुधबार १५:४६:४० | उमाकान्त पाण्डे
unn.prixa.net

उमाकान्त पाण्डे/उज्यालो ।

वैशाख २६ – नेपाली दूतावास युएईबाट एनआरएन कार्ड लिनेको संख्या २२ पुगेको छ । गएको वर्ष ६ जनाले मात्रै एनआरएन कार्ड लिएका थिए । 

आर्थिक वर्ष २०७३/७४ मा ११ र ७४/७५ मा ६ जनाले एनआरएन कार्ड लिएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म चार जनाले लिएको र एक जनाले पहिले नै कार्ड लिएर नविकरण गर्दै आएको द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । कार्ड लिने मध्ये चार जना महिला छन् । 

कार्ड लिएका धेरैले नविकरण नगरेको दूतावासले जनाएको छ । कार्ड २ वर्षमा नविकरण गर्नुपर्छ । सरकारले परराष्ट्र मन्त्रालयमा एनआरएन शाखा स्थापना गरेको छ । दुई सय ७० दिर्हाम तिरेर एनआरएन कार्ड लिन सकिन्छ । 

​युएईमा दूतावासबाट एनआरएन कार्ड लिने २२ जना मात्रैदूतावासमा आएर निवेदन दिएपछि कार्ड तत्कालै पाउन सकिने र त्यो कार्डको प्रयोग गर्दा यहाँ व्यवसाय गर्न नेपालबाट पैसा ल्याउन देखि अन्य आर्थिक कारोबार गर्न पनि सजिलो हुन्छ । युएईमा धेरैजसो व्यावसायीले एनएआरएन कार्ड लिएका छन् । 

दूतावासबाट पाउने कार्डले सरकारी मान्यता पाउने र एनआरएनबाट पाउने सदस्यता कार्ड संघमा मात्रै सूचिकृत हुने भएकाले दूतावासबाट एनआरएन कार्ड लिए फाईदा हुने कार्ड प्रयोग गर्दै आएकाको भनाई छ ।  

एनआरएन युएईको तथ्याङ्क अनुसार २५ सय ६० जनाले राष्ट्रिय समन्वय परिषद्मार्फत सदस्यता लिएका छन् । तीमध्ये यसपटक पहिलो चरणमा ८ सय जनाको एनआरएन सदस्य कार्ड आइसीसी मार्फत युएई आइपुगेको एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

एनआरएन कार्डको महत्व, यसको उपयोगिताबारे जानकारी गराउन नसक्दा कार्ड लिनेको संख्या कम भएको हुन सक्ने एनआरएन आइसिसी सचिव डिबी क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया