माैसम : पश्चिम पहाडी भूभागमा पानी पर्ने सम्भावना

 पुस २९, २०७५ आइतबार ८:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगको मौसम भने सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो पश्चिम पहाडी भेगमा पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ । भारतको उत्तरप्रदेशमा बनेको न्युनचापीय प्रणालीका कारण पश्चिमी भेगमा पानी पर्ने सम्भावना भएको हो । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने उहाँको भनाइ छ । 

यस्तै काठमाण्डौमा शनिबारभन्दा आइतबारको तापक्रम घटेको छ । शनिबार काठमाण्डौको न्युनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आइतबार घटेर न्युतनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया