राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
भक्तपुर – नेपाल इन्जिनियरिङ्ग कलेज जोगाउन माग गर्दै आज कलेजका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराउ गरेका छन् ।
कलेज सञ्चालक समिति अध्यक्ष लम्वोदर न्यौपानेले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र सामुदायिक संस्थाका रुपमा रहेको कलेज समेत बिक्री गर्न लागेको भन्दै कलेज जोगाउन माग गर्दै घेराऊ गरेका हुन् ।
प्रशासन घेराउपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापन पत्र बुझाउँदै दुई अर्ब भन्दा वढीको चल अचल सम्पत्ति हडप्ने लम्वोदरको प्रयासलाई असफल बनाउन, कलेज जोगाइदिन र लम्बोदरलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
शिक्षकका तर्फबाट सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र कर्मचारीकोतर्फबाट मनोहर खनालको हस्ताक्षर रहेको संयक्त ज्ञापनपत्रमा कलेजको अवस्था वन्द हुने क्रममा पुगेको उल्लेख गरिएको छ ।
वर्षौदेखि लम्बोदर बिरुद्ध आन्दोलन छेडेका शिक्षक, कर्मचारी र विद्यार्थीको माग र विगतका सहमतिलाई प्रमुख जिल्ला अधिकारहिरुले बेवास्ता गर्दै आएको र वर्तमान प्रजिअ भट्टले समेत बेवास्ता गरेको भन्दै लम्बोदरको प्रभावमा सीडीओहरु पर्ने गरेको आन्दोलनरत समूहले आरोप लगाएका छन् ।
सामाजिक संस्था ऐन अनुसार गैरनाफामूलक रुपमा सञ्चालनमा रहेको कलेज एक पक्ष सोही रुपमा र अर्काे पक्षमा नाफा कमाउन निजीकरण गर्नुपर्नेमा रहेका छन् ।
सात सदस्यीय सञ्चालक समितिमा पाँंच जना प्रालि बनाई बेच्ने पक्षमा छन् सञ्चालक समितिका सदसयहरु हरिप्रसाद पाण्डे र शलिल भट्टराई नाफा नलिने पक्षमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Indra jit
Oct. 16, 2018, 1:48 p.m.Best of luck i help you my friends