राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा विगतमा गरिएको सम्झौता कार्यान्वयनमा जोड दिने बताउनु बनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चिनियाँ नेतृत्वसँग स्पष्ट दृष्टिकोण राख्ने पनि स्पष्ट पार्नु भयो । मंगलबारबाट सुरु हुने आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई औंपचारिक जानकारी गराउँदै उहाँले भ्रमण मुलुकको बृहत्तर हितमा केन्द्रित हुने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले पारवहन, रेल सेवा सञ्चालन, उर्जा क्षेत्रको विकास गर्ने विगतको सहमति कार्यान्वयनमा तीव्रता दिन आफ्नो भ्रमण केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो । उहाँले भ्रमणका क्रममा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणालाई अघि बढाउने विषयमा पनि छलफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जीनपीङ र समकक्षी लि खछयाङसँगको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउने गरी स्पष्ट दृष्टिकोण राख्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा तातोपानी नाका खुलाउने विषयमा पनि कुरा गर्ने बताउनुभयो । उहाँले नेपालको विकासमा चिनिया लगानी बढाउन पनि आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली भूमिका चीन विरोधी गतिविधि हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो । उहाँले चीन समस्यारहित मित्र भएको उल्लेख गर्दै उसले मुलुकको विकासका लागि सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन आन्तरिक स्रोत, साधन पर्याप्त नभएपछि छिमेकी मुलुकहरुसँगको सम्बन्ध विस्तारमा सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धमा न्यानोपन आएको दावी पनि गर्नु भयो । हवाई रुट परमिट विस्तारे, तराईमा देखिएको डुबान समस्या समाधानका लागि सर्भेक्षणको काम अघि बढाउनु भारतसँगको सम्बन्धमा न्यानोपन आउनुको दृष्टान्त भएको प्रधानमन्त्री ओलीको दावी छ ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मीसँगै लिएर आएको विषयलाई लिएर अनावश्यक चासो दिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले छिमेकसँगको सम्बन्ध विस्तार गर्नुको मुख्य उद्देश्य मुलुकलाई समृद्ध बनाउन रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।