नारायण नगरपालिकामा अलपत्र भारतीय युवतीलाई परिवारकाे जिम्मा लगाइयाे

 माघ २, २०७५ बुधबार १९:५४:२३ | अमर सुनार
unn.prixa.net

दैलेख –  नारायण नगरपालिकामा अलपत्र परेकी भारतको गुजरात राज्य भरुच जिल्लाकी २४ वर्षीया तस्लिमा बानुलाई बुधबार उहाँका अभिभावकको जिम्मा लगाइएको छ ।

गएको पुस १३ गते महिला तथा बालबालिका सेवा केन्द्रले उद्धार गरी संरक्षणमा राखेर टेलिफोन मार्फत पारिवारिक सम्पर्क गराएको आधारमा भारतबाट आएका उहाँका परिवारजनलाई जिम्मा लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्री, निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटा, महिला तथा बालबालिका सेवा केन्द्रको सञ्चालक संस्था सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापालगायतको रोहवरमा युवतीलाई परिवारको जिम्मा लगाइएको हो ।

दैलेख घर भएका एक युवकले भारतमा रहँदा उनलाई प्रलोभनमा पारी दैलेखमा ल्याइ पुर्‍याएर अलपत्र पारिदिएको अवस्थामा फेला पारेपछि तीन साता संरक्षणमा राखेको महिला तथा बालबालिका सेवा केन्द्रले संयोजक श्रेष्ठले बताउनुभयो ।

युवतीको परिवारको खोजीका लागि महिला तथा बालबालिका सेवा केन्द्रले भारतीय क्राइम ब्रान्चको सहायतामा पारिवारिक सञ्चार सम्पर्क गरिएको थियो ।टेलिफोन सम्पर्कका आधारमा माघ १ गते दैलेख आइपुगेका युवतीका बुबा सलिम सेख र आमा फरिदा सलिम सेखलाई ती युवती जिम्मा लगाइएको हो ।

उनीहरु भारत फिर्ता जान यातायात खर्च बापत नारायण नगरपालिकाले ५ हजार नगद सहयोग गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया