नेपाल र जापानबीच २५ वर्षपछि हवाई सम्झौता नवीकरण, हप्तामा १४ वटा उडान भर्न सक्ने

 असार ४, २०७५ सोमबार २०:३९:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – नेपाल र जापानबीच भएको हवाई सम्झौता २५ वर्षपछि नवीकरण भएको छ ।

सन् १९९३ पछि आज जापानमा भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थलबाहेक अरु सबै विमानस्थलमा हप्ताको १४ वटा उडान भर्न पाउनेछन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव कृष्ण देवकोटा र जापानी उच्च अधिकारीबीच सोमबार भएको सम्झौता अनुसार नेपालले हप्तामा १४ वटा उडान गर्न पाउने छ । १४ वटा भन्दा भन्दा धेरै उडान नहुने गरी दिनमा ३ वटासम्म पनि नेपालले जापानमा उडान गर्न पाउनेछ ।

सन् १९९३ मा भएको सम्झौता अनुसार नेपालले जापानको ओसाकामा हप्तामा २ वटा उडान गर्न पाउने सम्झौता भएको थियो । त्यतिबेला बोइङ ७२७ र ७५७ मोडलका विमान मात्रै उडान गर्न पाइने भए पनि आजको सम्झौतापछि भने नेपालले जुनसुकै विमान पनि जापानमा उडान गर्न सक्नेछ ।

नेपाल वायुसेवा निगमले यसै महिना ल्याउने नयाँ जहाजले अब जापानमा पनि उडान गर्न पाउनेछ । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया