‘सुपर ब्लड वुल्फ मून’: आज लाग्ने चन्द्रग्रहणलाई देखेर कराउनेछन् जंगलमा ब्वाँसाहरु

 माघ ७, २०७५ सोमबार १९:११:३६ | एजेन्सी
unn.prixa.net

सन् २०१९ को पहिलो चन्द्रग्रहण आज अर्थात २१ जनवरीकाे राति लाग्नेछ । यसलाई सुपर ब्लड वुल्फ मून पनि भनिएको छ ।

२० देखि २१ जनवरीको बीचमा लाग्ने यो ग्रहण तीन चरणमा देखिनेछ । यस समय पूरै चन्द्रमा रातो देखिनेछ । चन्द्रमामा लाग्ने यो पूरै प्रक्रियालाई नासाले सबैभन्दा चमकदार दृश्य भनेको छ ।

याे बेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुनेछ, यसरी नजिक हुँदा आकार ठूलो देखिने भएकाले यसलाई सुपरमून पनि भनिएको होे । यो ग्रहण मध्य प्रशान्त महासागर, उत्तरी‍ र दक्षिणी अमेरिका, यूरोप तथा अफ्रिकाबाट देखिनेछ । भारत तथा नेपालबाट भने यसलाई देख्न सकिने छैन ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सुपरमून अन्य दिनको तुलनामा आज पृथ्वीको सबैभन्दा नजिक रहनेछ । पृथ्वीबाट यसको दूरी करिब ३ लाख ६३ हजार किलोमिटर हुनेछ । जब कि चन्द्रमा पृथ्वीबाट सबैभन्दा टाढा हुँदा चन्द्रमा र पृथ्वीबीचको दूरी ४ लाख ५ हजार किमी हुनेगर्छ ।

किन भनिन्छ ब्लड मून

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका अनुसन्धाता डाक्टर नोह पेट्रोका अनुसार अन्य दिनभन्दा सुपरमून लागेको दिन चन्द्रमा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो हुनेगर्छ । यो समयमा चन्द्रमाको रंग रातो तामाजस्तो देखिने भएकाले यसलाई ब्लडमून भनिएको हो ।

ब्वाँसाहरु किन कराउँछन् ?

पौराणिक समयमा मौसम परिवर्तनको जानकारीको बारेमा भविष्यवाणी गर्ने तरिका फरक थियो । यस ग्रहणलाई अमेरिकी जनजातिले वुल्फ मून भन्छन् । पूर्णिमाको रातमा आहारको लागि निस्किँदा सूपरमूनको रात आकासमा रातो चन्द्रमा देखेर ब्वाँसाहरु जोरसँग कराउँछन् भन्ने मान्यता छ । त्यसै कारण यसलाई वुल्फ मून पनि भन्ने गरिएको हो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया