आतंकवाद त्यागेर सैनिक बनेका नजीर वानीलाई बहादुरीका लागि भारतकै प्रतिष्ठित अशाेक चक्र

 माघ १०, २०७५ बिहीबार १८:०:२१ | एजेन्सी
unn.prixa.net

आतंकवादको बाटो छाडेर सेनामा प्रवेश गरेका भारतीय सेनाका नजीर वानीलाई अशोक चक्र पदवीबाट सम्मानित गरिने भएकाे छ । कुनै आतंकवादी गिरोहबाट सेनामा प्रवेश गरेका कसैलाई यति ठूलो पदवी दिने निर्णय गरेको भारतीय इतिहासमै यो पहलोपटक हो ।

नजीर वानीले सन् २००४ मा आत्मसमर्पण गरेका थिए । त्यसको केही समयपछि नै उनले भारतीय सेनामा प्रवेश गरे । कुनै समय सेनाविरुद्ध लड्ने यी जवानले आतंकवादीसँग लड्दालड्दै सन २०१८ मा वीरगति प्राप्त गरेका थिए । 

गएको वर्ष नोभेम्बरमा कश्मीरको  शोपियाँ जिल्लामा केही आतंककारी लुकेको खबर पाएर सुरक्षाबलको टिम त्यहाँ गएको थियो । यसै क्रममा ६ जना आतंककारी एक घरमा शरण लिएर  बसेका थिए । सेनाको जवानले त्यो घरलाई चारैतर्फबाट घेरेपछि दोहोरो फाएरिङमा जवान नजीर वानीले एकजना आतंकवादीलाई मारे र आतंकवादीको जवाफी फाएरिङमा उनी आफै पनि घाइते भए । 

आतंकवादीको गोली लागेर घाइते भएर पनि उनले घरमा लुकेर बसेका आतंकवादीहरुलाई बाहिर जान दिएनन् । उनीहरु निस्किने ढोकामा उभिएर नजिरले विद्रोहीको सामना गरिरहे ।

विद्रोहीका गोली लागिरहँदा पनि उनी पछि हटेनन्, यसै क्रममा उनले अर्को एक आतंकवादीलाई पनि मारे र विद्रोहीका गोलीको निशाना बनेका उनी पनि त्यो अप्रेशनमा शहीद बने ।

नजीर वानीको यो बहादुरीको लागि उनलाई अशोक चक्र सम्मान दिने घोषणा गरिएको हो । भारतको राष्ट्रपति सचिवालयले उनी एक कुशल योद्धा भएकाे र चुनौतीपूर्ण मिशनमा साहस देखाएको भन्दै पुरस्कृत गरिएको बताएको छ । आफ्नो ज्यान दाउमा राखेर लडेको भन्दै भारत सरकारले नजीरलाई योभन्दा पहिला दुईपटक पनि पुरस्कृत गरिसकेको छ ।

नजीर वानी कुलगामको अश्मूजी गाउँका हुन् । नजीरको परिवारमा उनकी पत्नी र दुई छोरा छन् । केही समयअगाडि आतंकवादी रहेका नजीरले सन् २००४ टेरिटोरीयल आर्मीबाट भारतीय सेनामा प्रवेश गरेका थिए । सन् २००७ मा उनले पहिलोपटक सेना मेडल र सन् २०१७ मा अर्को सेना मेडल प्राप्त गरेका थिए ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया