धनकुटामा बस दुर्घटना, ३० जना घाइते

 असार ५, २०७५ मंगलबार १८:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा मंगलबार दिउँसो बस दुर्घटना भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । रौतहटबाट कृषि सम्बन्धी अनुसन्धानको लागि धनकुटातर्फ भ्रमणमा आएको ना ५ ख ३३२८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुदाँ दुई दर्जनभन्दा बढी घाइते भएका हुन् ।

३४ जना यात्रु रहेको बसमा दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी चौकी भेडेटार धनकुटाका प्रहरी नायव निरीक्षक म्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

बसमा सवारमध्ये ४ जना सकुशल रहेका छन् भने अन्य सामान्य घाइते भएका छन् । उनीहरु सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सनाखत हुन सकेको छैन ।
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया