रोहितले ताेडे शाहिद अफ्रिदीकाे सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडीकाे रेकर्ड

 माघ १२, २०७५ शनिबार १६:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहितकुमार पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी भएका छन् ।

आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रोहितले शनिबार यूएईविरुद्ध अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् ।

अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए । त्यतिबेला अफ्रिदी १६ बर्ष २१७ दिनका थिए ।

रोहितकुमारले बनाएकाे ५८ बलमा ५५ रन पनि कीर्तिमानी सावित भएकाे छ । यससँगै १६ वर्ष १४६ दिनका रोहित अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् । यसअघि भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा यो रेकर्ड रहेको थियो ।

उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ५९ रन बनाएका थिए ।

युएईविरुद्ध शनिबार अर्धशतक बनाएका रोहित कुमार पौडेलको उमेर १६ बर्ष १४६ दिन हो । जुन अफ्रिदीभन्दा रोहित ७१ दिनले कान्छो छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया