प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

 माघ १३, २०७५ आइतबार ८:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप शनिबार राति दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको ज्यान गएको छ । 

दुर्घटनामा चारजना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् । 

घाइते सबैको हेल्थ केयर अस्पताल विरगञ्जमा उपचार भइरहेको  छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया