अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
बाग्लुङ – बाग्लुङको काठेखोला गाउँपालिका–६ का किसानले यस वर्ष पाँच करोड ४० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।
गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गएको वर्षको तुलनामा झण्डै दुई करोड रुपैयाँले बढी हो ।
गएको वर्ष यहाँका किसानले तीन करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका उहाँको भनाइ छ ।
काठेखोला गाउँपालिका–६ मा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा गरिएको सुन्तलाखेतीबाट नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कँडेलले बताउनुभयो ।
सुन्तलामा कुनै पनि रोग नलागेकाले राम्रो उत्पादन भएको हो । पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।