बिहानैदेखि अधिकांश ठाउँमा पानी पर्दै, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह

 माघ २४, २०७५ बिहिबार ६:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । 

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार आज देशका धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात पनि हुनेछ । यसकै प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

बाढी पूर्वानुमान शाखाले सूचना निकालेर उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । पर्सि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केहि दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् । 

मौसमविद् रिमालका अनुसार अस्तिदेखि नै बदली गराएको पश्चिमी वायु आइतबारदेखिमात्र सुधार हुने देखिएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया