राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस, योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै नेपालमा पनि मनाइएको छ ।
योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठलगायतका संघ–संस्थाले सार्वजनिक रुपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै बिहीबार चौथो योग दिवस मनाएका छन् । पतञ्जली योगपीठ नेपालले दिवसका सन्र्दभमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गरेको योग अभ्यासमा कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पूरीलगायत विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा योगको महत्व बढ्दै गएको परिपेक्षमा मानवता, आध्यात्मिकता, असल विचार र विभेदको अन्त्य गर्दै समतासँग जोडिने अर्थको रुपमा योग दिवसलाई बुझ्नुपर्ने बताउनुभयो ।
कार्यवहाक प्रधानमन्त्री पोखरेलले योग शिक्षालाई विद्यालय तहमा अझ फराकिलो बनाउँदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नेपाललाई योग केन्द्रको रुपमा विकास गर्दै लैजाने कुरामा पनि सरकारले पहल गर्ने बताउनुभयो ।
कुनै धर्म, संस्कृति र सम्प्रदायसँग जोडेर पनि योगसाधनका बारेमा विभिन्न शंका उप–शंका गर्ने काम भइरहेको भन्दै पोखरेलले भन्नुभयोे, वास्तवमा योग कुनै धर्म, संस्कृतिको मात्रै पेवा होइन, पेवा हुन सक्दैन, यो मानव बन्न चाहन्छ, असल बन्न चाहन्छ, सत्यलाई चिन्ह चाहन्छ, विभेदलाई समाप्त पार्न चाहन्छ । यी सबैका लागि अतिउत्तम साधनाको राजमार्ग योग होे ।’
उहाँले योगका आयामलाई सन्तुलित रुपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले पे्ररणा दिने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले आफैलाई आफैले बुझ्ने परम साधनको रुपमा योग साधनलाई बुझ्नुपर्ने बताउनुभयो ।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औं महासभाले जुन २१ को दिनलाई अन्र्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अध्याधिक बहुमतले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । भारतको यो प्रस्तावलाई १ सय ७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।