अक्षयकुमारको घरमा जबरजस्ती घुस्ने प्रयासमा २ घण्टासम्म रुखमै लुकेर बसे फ्यान !

 माघ २५, २०७५ शुक्रबार १८:५८:२३ | एजेन्सी
unn.prixa.net

अक्षय कुमारको घरमा जबरजस्ती घुस्ने प्रयास गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन् ।

बलिउड एक्सन हिरो अक्षय कुमारको घरमा उनी जबरजस्ती घुस्ने प्रयास गरिरहेका थिए । उनी दुई घण्टासम्म घर छेउको एउटा रुखको आडमा लुकेर बसेका थिए । खबरका अनुसार ती युवकलाई जबरजस्ती घरभित्र घुस्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।

अंकित गोस्वामी नाम गरेका ती व्यक्ति अक्षय कुमारलाई भेट्नको लागि हरियाणाबाट आठ हजार रुपैयाँ बोकेर मुम्बई आएका थिए । मंगलबार उनी अक्षयकुमारको घर पुगेका थिए । गार्डले उनलाई भित्र जान नदिएर बाहिरै रोकेको थियो । 

त्यसपछि उनी एउटा टेम्पोमाथि चढे र बार नाघेर भित्र घुस्ने प्रयास गरे । नसकेपछि उनी घरछेउकै एक रुखको आडमा दुईघण्टासम्म लुकेर बसिरहे । फेरि उनले राति साढे एक बजे जबरजस्ती घरभित्र घुस्ने प्रयास गरे । तर उनलाई पक्रेर प्रहरीको जिम्मा लगाइयो । 

उनी अक्षयकुमारको घरभित्र घुस्न खाेजेकाे दिन अक्षयकुमार भने घरमा थिएनन् । कामको सिलसिलामा उनी बाहिर गएका थिए । 

२० वर्षीय अंकित अक्षयकुमारका ‘क्रेजी फ्यान’ हुन् । उनी अक्षयकुमारलाई भेट्न भनेरै मुम्बई आएका थिए । इन्टरनेटमा खोजेर अक्षकुमारको घरको ठेगाना पत्ता लगाएको अंकितले बताएका छन् ।

फिल्मको कुरा गर्ने हो भने अक्षयकुमार अब चाँडै फिल्म ‘गुड न्युज’ मा देखिनेछन् । यसको साथै उनी रोहित शेट्टीको फिल्म सूर्यवंशीमा पनि देखिनेछन् ।

यसमा उनी प्रहरी अफिसरको भूमिकामा प्रस्तुत हुँदैछन् । यसको साथै उनको नयाँ फिल्म केशरी पनि आउँदै छ । २१ मार्चका दिन रिलिज हुने यस फिल्ममा परिणिति चोपडा अक्षको विपरीत भूमिकामा हुनेछिन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया