पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले त्यही कम्पनीलाई नै कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ ।
आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि पनि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सीएमसी कम्पनीसँग नै छलफल गरी काममा फर्काउने प्रयास थालेको हो ।
नयाँ निर्माण कम्पनीलाई ठेक्का लगाउँदा नयाँ टेण्डर गर्नुपर्ने तर सीएमसीलाई नै काममा फर्काउन सके ठेक्का रद्दको निर्णय फिर्ता लिए हुने कानुनी प्रावधान रहेकाले मन्त्रालयले सीएमसीलाई नै पहिलो प्राथमिकतामा राखेको हाे ।
कानुनी रूपमा अप्ठ्यारोमा नपरौँ भन्नका लागि मात्र ठेक्का तोड्ने निर्णयमा पुगेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो ।
ठेक्का तोडेपछि धरौटी रकम सरकारको खातामा आउने बाटो खुलेको तर, सीएमसी कम्पनीलाई नै काममा फर्काउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।