पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू भए नभएको बारेमा अनुगमन गर्ने भएको छ ।
श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा आइतबारदेखि सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय समितिको बैठकले न्यूनतम पारिश्रमिक लागू नभएका सञ्चार प्रतिष्ठानमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिकअनुसार ‘क’ श्रेणीका राष्ट्रिय सञ्चारगृह अन्तर्गत काम गर्ने पूर्णकालीन पत्रकारको आधारभूत तलब २४ हजार ५ सय रुपैयाँ हुनुपर्ने छ ।
यस्तै, बैठकले सातै प्रदेशमा ‘प्रेस स्वतन्त्रता मिसन’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । मिसनका क्रममा अभिब्यक्ति स्वतन्त्रता, पत्रकारिता, पत्रकार तथा पत्रकारको सुरक्षाका विषयमा सरोकारवाला पक्षबीच छलफल गरि महासङ्घको आधिकारिक धारणा प्रदेश र स्थानीय सरकारसमक्ष प्रस्तुत गरिने नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
यस्तै, पत्रकार महासंघले विभिन्न प्रदेश र स्थानीय तहका आमसञ्चार नीति तथा विधेयकमा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेको पाइएकाले त्यस्ता प्रावधान तत्काल सच्याउनसमेत माग गरेको छ ।
बैठकले फागुन ९ र १० गते पोखरामा हुने महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्दै साधारणसभालाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।