पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सडक र नदीनालालाई थुकदानी बनाएका कारण सररफाईमा समस्या देखिएको बताउनुभएको छ ।
बाग्मती सफाइ महाअभियानको ३ सय हप्ता पुगेको अवसरमा काठमाण्डौको शंखमूलमा शनिबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नदी र सडकलाई फोहोर विर्सजन गर्ने थलो बनाउने हाम्रै कार्यशैलीका कारण नदीनालाहरु फोहर र प्रदूषित बनेको बताउनुभएको हो ।
उहाँले देशबाहिर जाँदा चकलेट खाएर खोल कोटको खल्तीमा राख्ने अनि नेपालको सीमा प्रवेश गर्नेबित्तिकै पान खाएर रोडमा थुक्ने प्रवृत्तिको अन्त्य नहुन्जेल सफाइ अभियानले पूर्णता पाउन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘काठमाण्डौ के छिर्यौँ हामी, नेपालको सिमाना के नाघ्छौँ हामी पिचित्त थुक्छौ पान खाएर । फोहोर गर्छौँ हामी त्यहीँ । बाग्मती र सबै नदीनालाहरु र सडकहरुलाई हामीले फोहोर विर्सजन गर्ने थलो बनाउँछौँ । यो कुरामा हामी जागरुक हुन जरुरी छ ।’
उहाँले हरेक नागरिकले आ–आफ्नो ठाउँबाट नदी नालालाई सफा राख्ने प्रयत्न गरेमा सबै नदी प्रणालीहरु आफै सफा, स्वच्छ हुने बताउनुभयो । उहाँले सरसफाइ अभियानमा राज्यले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नदी प्रणालीसँग जोडिएका जग्गाहरु अतिक्रमणमा परेकाले अतिक्रमणबाट मुक्त गरी नदी प्रणालीलाई आफ्नै सहज प्रवाहमा बग्ने वातावरण सिर्जना गर्नुको साथै ढल प्रशोधन पछि मात्रै पानी नदीमा मिसाउने र नागरिक स्वंमले नै सरसफाइमा ध्यान दिने हो भने बाग्मती सफाइ अभियानले सार्थकता पाउने तर्क उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब घरमा ऐना राख्न नपरोस् । बाग्मतीको स्वच्छ जलमा हेरेर हामीले अनुहार सिँगार्न सकूँ, हाम्रो अनुहारलाई देख्न सकूँ । त्यो लक्ष्य हासिल गर्दा मात्रै र यो बाग्मतीको पानी पिउन सक्ने बनाउँदा मात्रै हाम्रो अभियानले सफलता प्राप्त गर्न सक्छ ।’
उहाँले बाग्मती सफाई अभियानमा जुटेका सबै संस्थाले सरकारले आजै सार्वजनिक गरेको नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि कार्यान्वयन गर्दै अघि बढेमा नदीनालाको साथै शहर स्वच्छ हराभरा हुने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।