तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार आएको छ ।
केही दिनदेखि देशभरको मौसम प्रभावित पारिरहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएसँगै अहिले देशभरको मौसम सफा रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।
अहिले मध्य र पश्चिमी पहाडका केही स्थानमा मौसम बदली भए पनि आज रातिबाट देशभरकै मौसम सफा हुने र भोलि घमाइलो दिन हुने अनुमान गरिएको मौसमविद् रिमालले बताउनुभयो ।
तीन दिनदेखि देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको भएपनि हिउँदे बालीका लागि सिंँचाइ भएकोले किसान भने खुशी भएका छन् ।
काठमाण्डाै वरिपरीका डाँडा चन्द्रागिरी, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिर लगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ । हिउँ खेल्न जानेहरुका कारण अहिले पनि थानकोट, गोदावरी लगायतका ठाउँमा जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।