साइक्लिङका राष्ट्रिय च्याम्पियन महर्जनको अन्त्येष्टि

 असार ७, २०७५ बिहीबार १८:३८:१२ | रासस
unn.prixa.net

काठमाडौं – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्वर्गीय नारायणगोपाल महर्जनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनप्रसाद सापकोटा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल साइक्लिङ संघ र विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

उहाँप्रति श्रद्धाञ्जलि दिन उहाँको पार्थिव शरीर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राखिएको थियो । स्थानीय डल्लुमा डेरामा बस्दै आउनुभएका ३३ वर्षीय अविवाहित महर्जनको श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि गएको जेठ ३० गते निधन भएको थियो । महर्जनको पार्थिव शरीर श्रीलंकाबाट ड्रागन एयरमा यही असार ६ गते नेपाल ल्याइएको थियो ।

महर्जनसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ श्रीलंका जानुभएको थियो । अजय र बुद्धि पनि स्वदेश फर्किसक्नुभएको छ । उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगन गरेको नेपाल साइक्लिङ संघले जनाएको छ । 

इण्डोनेसियामा आगामी भदौमा हुने एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहनुभएका महर्जनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको साइक्लिङ संघले जनाएको छ । 

महर्जन २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न हुनुभएको थियो । राखेपका सदस्य–सचिव विष्टले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउँदा आफूलगायत सिंगो खेल क्षेत्र निकै मर्माहत भएको बताउनुभयो । स्वर्गीय महर्जनका बुवा, आमा र दुई दिदी छन् ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया